August 19, 2017

अाधीबेहरीले सप्तरीमा विद्युत सेवा अवरुद्ध

दिनेश शर्मा / राजविराज ३ बैशाख । शनिबारको आँधीवेहरीले सप्तरी लगायत विभिन्न क्षेत्रमा ठुलो क्षती गरेको छ ।

आधीले सप्तरीका विभिन्न स्थानमा ४ दर्जनभन्दा वढि विजुलीका पोल ढलेपछि कतिपय स्थानमा आईतवार पनि दिनभर विद्युत सेवा अवरुद्ध भएको छ ।
राजविराज लगायत भारदह, पोर्ताहा, सिंम्रहा सिंगियौन, रुपनी लगायतका स्थानमा करिव ५० थान विजुलीका पोल ढलेको नेपाल विद्युत प्राधिकरण राजविराज वितरण केन्द्रका प्रमुख रामअवतार साहले जानकारी दिए । पोल ढलेपछि सदरमुकाम राजविराजमा समेत करिव २७ घण्टासम्म विद्युत अवरुद्ध भएको छ । आईतवार दिउँसो ३ वजेपछि मात्रै राजविराजमा विद्युत सुचारु भएको जानकारी दिदै उनले जिल्लाभरी क्षतीभएका अन्य काम पुरा गर्न अझै २ दिन लाग्न सक्ने बताए ।
शनिवार विहान करिव ११ बजे अचानक सुरु भएको आँधी र मुसलधारे पानीसँगै केही सर्वसाधारणका खरका घरमा पनि क्षती गरेको स्थानीयवासीहरुले जनाएका छन् ।