May 26, 2017

कन्सर्टकाे क्रममा जस्टिन बिबरले लिप्सिङ गरेको खुलासा

काठमाण्डौ, २९ वैशाख । भारतमा बुधबार आयोजित कन्सर्टमा क्यानेडियन गायक जस्टिन बिबरले लिप्सिङ गरेको तथ्य सार्वजनिक भएको छ ।

कन्सर्ट बुधबार भए पनि यो तथ्य बिहीबार मात्रै बाहिर आएको हो । यो तथ्य सार्वजनिक भएसँगै बिबरको सर्वत्र आलोचना भएको छ । उक्त कन्सर्टमा हजारौंको संख्यामा दर्शकका साथै बलिउड कलाकारहरुको पनि सहभागिता रहेको थियो ।

जस्टिनको विरोध गर्दै एक दर्शकले लेखे, ‘तिमीलाई घरायसी कपडामा देखिन र लिप्सिङ गरेको देखाउन ५० हजारभन्दा बढि तिरेको होइन ।’ त्यस्तै कतिपयले त अर्काेपटक भारत नआउनका लागि पनि बिबरलाई आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *