August 20, 2017

बाबु छाेरी र पति पत्नी सँगै म्यादी प्रहरीमा

भावुक योगी / बर्दिया २९ वैशाख । बर्दियाको ठाकुरबाबा नगरपालिका भुरीगाउँमा स्थानीय चुनावका लागि एकै परिवारका ४ जना म्यादी प्रहरीमा भर्ना भएका छन् ।

ठाकुरबाबा नगरपालिका-२ बलातीका ४६ वर्षका लालबहादुर खड्का र उनकी १८ वर्षकी छोरी जयकला खड्का म्यादी प्रहरीमा भर्ना भएका हुन् । साथै ठाकुरबाबा-२ खोदाउका २९ वर्षका रेशम शाही र उनकी २८ वर्षकी श्रीमती पदमा आलेमगर म्यादी प्रहरीमा भर्ना भएका हुन् ।

उनीहरुले छोटो समयका लागि भए पनि परिवार सँगै म्यादी प्रहरीमा जागिर खान पाउँदा खुसी लागेको बताए । म्यादी प्रहरीमा भर्नाका भएका बाबुछोरी र पतिपत्नी अनुशाशित ढंगबाट काम गरिरहेको ईलाका प्रहरी कार्यालय भुरीगाउँका इन्स्पेक्टर प्रेम बहादुर क्षेत्रीले बताए ।