Breaking News

यस्ता छन् लसुनमा मह मिलाएर खानुको ८ फाइदा

दिनहुँ लसुन खानुको अनेकौं फाइदा छन् । तर लसुन महको साथमा खाने हो भने यसबाट कैयौं स्वास्थ्यसम्बन्धी फाइदाहरू प्राप्त गर्न सकिन्छ । मह र लसुनको मिश्रणलार्इ हरेक दिन बिहान खाली पेटमा सेवन गर्ने हो भने मोटोपना कम हुन थाल्छ । यसरी लसुनको सेवन गर्नुको ८ फाइदा यस्ता छन् :-

१. लसुनमा मह मिलाएर खाँदा फ्याट बर्निङ प्रकृया तेज हुन जान्छ । परिणामस्वरूप वजन घट्न जान्छ ।

२. लसुन र महको सेवनले कोलेस्टेरोल कम हुन्छ । जसले मुटु रोगबाट बचाउँछ ।

३. शरीरमा भएको हानीकारक विषादि अर्थात् टक्सिन्सलार्इ घटाउन मह र लसुनको मिश्रण प्रभावकारी उपाय हो । सोही कारणले मृगौला र कलेजोको समस्याबाट बचाउन पनि सहयोग गर्दछ ।

४. यसमा पाइने एन्टीअक्सिडेन्ट्सले छालाको कोषलार्इ पुनर्ताजगी गराउँछ । जसले कोषहरूलार्इ सक्रिय गरार्इ छालाको चमक बढाउँछ र डण्डिफोरको समस्या हटाउँछ ।

५. लसुन र मह दुवैमा कार्बोहाइड्रेट पाइन्छ । यसले शारीरिक कमजोरी हटाउनुको साथै शरीरले यसबाट भरपूर शक्ति प्राप्त गर्दछ ।

६. यी दुवैमा फाइबर पाइन्छ । यसले कब्जियत लगायतका पेटसम्बन्धी समस्याको समाधान गर्दछ ।

७. लसुनमा मह मिलाएर सेवन गर्दा शरीरको रोगसँग लड्ने क्षमतामा वृद्धि हुन्छ, जसले गर्दा रुघाखोकी जस्ता इन्फेक्सनबाट बचाउन महत्वपूर्ण भूमिका खेल्दछ ।

८. यसमा जलनविरोधक गुण पाइने हुनाले जोर्नीहरूमा हुने दुखाइबाट बचाउँछ ।

यो पनि पढ्नुहोस्-

बिहान खालि पेटमा पानी पिउनु कत्तिको ठिक?

shares