प्रज्ञा प्रतिष्ठानको पुनर्संरचनाका लागि गृहकार्य गर्न प्रधानमन्त्रीकाे आग्रह

काठमाण्डौ, २९ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल प्रज्ञा प्रतिष्ठानको पुनर्संरचनाका लागि गृहकार्य गर्न प्राज्ञहरूसँग आग्रह गरेका छन् ।

प्रतिष्ठानको वार्षिक प्रतिवेदन बुझ्दै प्रधानमन्त्री एवं प्रतिष्ठानका संरक्षक दाहालले प्रज्ञा प्रतिष्ठानमा अक्षयकोष र बजेट वृद्धिका लागि निर्देशन दिइसकेको बताए । उनले ६० वर्ष लामो इतिहास बोकेको गरिमामय संस्था प्रज्ञा प्रतिष्ठानको विकास र प्रगतिको पक्षमा आफू सदैव लागिरहने बताए ।

प्रधानमन्त्री दाहालसमक्ष उपकुलपति गंगा उप्रेतीले प्रतिष्ठानको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।