September 23, 2017

युरोपा लिगको उपाधिका लागि म्यानचेष्टर युनाइटेड र एजाक्स भिड्ने

काठमाण्डौ, २९ वैशाख । म्यानचेष्टर युनाइटेड र एजाक्स, युरोपा लिगको उपाधिका लागि भिड्ने भएका छन् । गए राति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा आ–आफ्नो खेलमा जित निकाल्दै म्यानचेष्टर युनाइटेड र एजाक्स उपाधि भिडन्तमा पुगेका हुन् ।

सेल्टा डि भिगोसँग १–१ को बराबरी पश्चात् समग्रमा २–१ को नजिता निकाल्दै म्यानचेष्टर युनाइटेडले फाइनल यात्रा तय गरेको हो । म्यानयुका लागि मोरोउनी फेलानीले १७ औं र सेल्टा डि भिगोका लागि रोन्कागलियाले ८५ औं मिनेटमा गोल गरे । पहिलो लेगमा म्यानयु १–० ले विजयी भएको थियो ।

त्यस्तै लायनसँग ३–१ को हारका बावजुद समग्रतामा ५–१ को नजिताका साथ एजाक्सले फाइनलमा स्थान बनायो । पहिलो लेगमा एजाक्स ४– १ ले विजयी भएको थियो ।