Breaking News

सालक संरक्षणः अाधार र अावश्यकता

कैसैलार्इ पनि हानी -नाेक्सानी नगर्ने,साेझाे र शान्त वातावरण मन पराउने सालक, हामी मानिसभन्दा पनि पहिले उत्पति भएकाे स्तनधारी प्राणी हाे । संसारभर पाइने स्तानधारीहरु मध्ये सालक मात्र एउटा प्रजाति हाे । जसकाे उत्पत्ति इतिहासमा विशेष छ । त्यसैले सालकलार्इ इभाेलुस्नरी डिस्टिङ्क अति दुर्लभ प्रजाति भनेर उपनाम दिइएकाे छ । अरु स्तनधारी प्रजातिभन्दा सालक पृथवक हुनुकाे कारण हाे -यसकाे शरीरलार्इ धाक्ने खपटायुक्त छाला ।

सालककाे पेट, थुतुनाे , छाती र घाँटी बाहेक अन्य भागमा एक माथी अर्काे गर्दै खपटाहरु माछामा झै खप्टिएर रहेका हुन्छन् । अत्यन्त कडा खपटा भने केराटिन नाम रसायनले बनेकाे हुन्छ । जुन रसायन मानिसकाे कपाल र नंग्रामा पनि हुन्छ । खप्टिएर रहेका खपटा नै सालकाे सुरक्षा कवज हाे । यसले सालकलार्इ अाफ्नाे प्राकृतिक शुत्र, जस्तै बाघ,चितुवा, स्याल र अन्य वन्यजन्तुबाट सुरक्षा प्रदान गर्दछ । त्यसैले त अाफूलार्इ कुनै खतरा महसुस हुने वितिकै अाफ्नाे सबै काेमल अंग लुकाएर भकुण्डाे जस्तो भएर बसिदिन्छ ।

यहि डल्लाे पर्ने स्वभावले नै अंग्रेजीमा सालकलार्इ प्याङगाेलिन भनिन्छ । दक्षिणपूर्वी एसिया रअफ्रिकी मुलुकमा अाठ प्रजातिका सालक पाइन्छन् । यी सबैलार्इ अा-अाफ्नाे उपनामले पनि चिनिन्छ । अाठ प्रजाति मध्ये हाम्राे देश नेपालमा दुर्इ प्रजाति पाइन्छ । तरार्इमा पाइने तामे र तरार्इदेखि पहाडसम्म पाइने कालाे सालक हाे ।

समग्रमा भन्नुपर्दा अाठवटै सालककाे विशेष अाहारा कमिला र धमिरा हाे । शरीर खपटाले ढाकिएकाे र कमिला खाने स्वभाव भएकाले सालकलार्इ स्कलि एन्ट इएटर भन्ने अर्काे उपनाम पनि दिइएकाे छ । यस्तै रैथाने उपनाम नेपालमा पनि छ ।  नेपाली भाषामा सालक , नेवारी भाषामा काङ्गया, किराती भाषामा पिकिचि, तामाङ भाषामा काेसै र चालक अादि स्थानीय नामले पनि सालक जनमानसमा प्रसिद्ध छ । नेपालमा विभिन्न नामले भिन्नता भएसंगै सालक पाइने ठाउँमा सालकलार्इ हेरिने दृष्टिकाेणमा पनि भिन्नता छ ।

हिन्दूधर्म मान्ने मानिहरुले सालकलार्इ भगवान शिवकाे अवतार मानेर विभिन्न नामले पुजा गर्दछन् भने केही मानिसहरु यसलार्इ भूतकाे अात्मा वा देख्दा दशा लाग्ने जनावरकाे रुपमा पनि हेर्छन। सालकलार्इ पूजा गर्दा खडेरीबाट जाेगिने र यसलार्इ नराम्राे गर्दा,मार्दा मार्नेकाे मृत्यु हुने वा अाफन्त बिरामी हुने जनविश्वास छ ।

सालकसंग जाेडिएका जे- जस्ता भनाईहरु भए पनि सालक एउटा प्रकृतिककाे  अनुपम उपहार हाे । वातावरणलाई सन्तुलन र नियमन गर्न यसले खेल्ने भूमिका उत्कृष्ट छ । अझै भन्नुपर्दा कृषिमा निर्भर हामिहरुलार्इ सालकले कृषि बाली उत्पादन र बृद्धिमा थुप्रै गुण लगाएकाे छ । देख्दा सानाे देखिने कमिला र धमिराले कृषि बाली लगायत धर भवन जस्ता संरचना ध्वस्त गरेर अार्थिक संकट सिर्जना गराइ दिन्छ ।

प्रकृतिमा  चाहिने भन्दा बढी बढन लागेका कमिला , धमिरा र तिनका अण्डा खाइदिएर सालकले तिनीहरुकाे संख्या प्राकृतिक रुपमा नियन्त्रण गरिरहेकाे हुन्छ । कमिला, धमिरा र तिनका अण्डानै सालककाे मुख्य साहारा हाे । वैज्ञानिकका भनार्इ अनुसार एउटा बयस्य सालकले एक बर्षमा सता कराेड कमिला र धमिरा खान सक्दछ तसर्थ सालककाे कमीले किटनासक विषादी खरिद र प्रयाेग बढिरहेकाे छ । जुन किटनासक हामी र हाम्राे सन्ततीकाे लागि घाटा सिद्ध भएकाे छ ।

यति धेरै कमिला र धमिरा खान सक्ने सालककाे दाँत भने हुदैँन । तर खान र पानी पिउन यसकाे जिब्राेले मद्दत गर्दछ । सालकलार्इ विशेष बनाउन यसकाे जिब्राे पनि एक हाे । जुन अरु स्तानधारीमा जस्तै मुखभित्रबाट नभइ  भित्री छातीकाे  हड्डीमाथी रहेकाे मासुमा टाँसिएर बसेकाे हुन्छ । त्यसैले स्तानधारी भएपन सालकले भ्यागुताेले जस्तै    गरि जिब्राेकाे सहायताले खानेकुरा साेझै पेटमा पुर्याउछ ।

सालकले अाफ्नाे  अावश्यकता अनुसार जिब्राेलार्इ अाफ्नाे शरीरकाे लम्बाइभन्दा पनि दाेब्बर तन्काएर बाहिर निकाल्न सक्छ ।  सुघ्ने क्षमता अत्यन्तै राम्राे हुने सालकले सुघेरै अाहाराकाे पत्ताे लगाउने  र लामा नंग्राकाे मद्दतले खाेस्रेर खान्छ । यसरी हामीले माटाेलार्इ गाेडमेल गरेझै प्राकृतिकरुपमा माटाेलार्इ खन्ने , चलाइ दिने कामले माटाेमा अक्सिजन तथा अन्य महत्वपर्ण पाेषिला जैविक तथा अजैविक रसायनहरु प्रवाह गरार्इ माटाेलार्इ उर्बर बनाउन सहयाेग  गर्दछ ।

यसकाे साथै सालकले खनेकाे दुलाहरु अरु वन्यजन्तु जस्तै दुम्सी,गाेहाराे, सर्प, चराचुरंगी अादिले लुक्न अण्डा पारन र बच्चा जन्माउन बास दिएर जैविक विविधता कायम राख्न समेत मद्दत गर्दछ । हामी मानिसलार्इ  प्रत्यक्षरुपमा विभिन्न फाइदा पुर्याइरहेकाे सालक अाज हाम्राे लाेभ र लालचले संकटमा परेर लाेप हुने संघारमा छ । अाफ्नाे शत्रुसँग लड्ने केहि प्राकृतिक हतियार नभएकाे शान्त वातावरणमा रमाउने सालक खतराकाे निशानामा परेकाे छ ।

बन्दुककाके गाेलीलार्इ समेत प्रतिकार गर्न सक्ने  प्राकृतिक सुरक्षा कवचरुपी खपटा भए र पनि डल्लाे पर्ने प्राकृतिक स्वभाव नै यसलार्इ अभिशाप सिद्ध भएकाे छ । यहि गुणले गर्दा सजिलै शिकारीकाे पञ्जामा पर्दछ र मृत्युवरण गर्नु पर्ने हुन्छ । अाज सम्भ्रान्त मुलुकका मानिस समाजमा अाफ्नाे प्रभाव र वर्चस्व  देखाउने दाैडमा सालककाे शिकार गरिरहेका छन ।

फलस्वरुप सालक पाइने  स्थानमा घट्ने स-साना घटनाहरु हालका दिनमा यति व्यापक र प्रचुर भएका छन कि सालक पाइने मुलुकहरुमा अहिले याे सखाप भइसकेकाे छ । वन्यजन्तु तस्करीकाे तथ्याङ्क अनुसार तस्करी हुने बाघ, गैडा र अन्य ठुला प्रजातिभन्दा सालक र यसकाे खपटाकाे तस्करी पहिलाे स्थानमा रहेकाे छ ।

खासै संरक्षणमा ध्यान नदिएकाे कारण र ठुलाे अाकर्षक वन्यजन्तु तर्फ मात्र संरक्षण केन्द्रित भइरहेकाे अवस्थामा याे तथ्याङकले विश्वलार्इ नै चकित र सालक संरक्षणप्रति गम्भिर हुनु झक्झकाएकाे छ । तुरुन्त नदेखिने संरक्षणका प्रयास र सालक पाइने स्थानमा व्याप्त गरिबी, बेराेजगारी र अशिक्षाले पनि सालक संरक्षणमा चुनाैति देखिएकाे छ ।

साेझा गाउँका मानिसलार्इ रातारात धनी हुने प्रलाेभन देखार्इ सालक खाेज्न् काममा संलग्न गराउन तस्करहरु लागि परेका छन् । स्थानीयस्तरमा सालकबारे ज्ञानकाे अभाव र यसकाे महत्त्व थाहा नहुनाले पनि लुकिछिपी सिकार बढेकाे हाे । तसर्थ सालक पार्इने प्राकृतिक स्थानकाे अध्ययन, अनुसन्धान गरि सालक शिक्षामा जाेड दिनपर्ने देखिन्छ ।

सालक संरक्षणलार्इ अझै प्रभावकारी र दिगाेरुपमा व्यवस्थापन गर्न स्थानीय जनसमुदायलार्इ प्राेत्साहित हुने कार्यक्रमहरु ल्याउनु पर्दछ । सहभागिता र समुदायमा अाधारित सालक संरक्षण कार्यक्रकलार्इ व्यापक बनाउनु पर्दछ । यसकाे सुनिश्चितताकाे  लागि संरक्षण नीतिका साथै अावश्यक अार्थिक संरचनाकाे खाकाहरु लागु गर्न सकिए मात्रै नेपालमा सालकाे भविष्य र सालकसंग जाेडिएकाे हाम्राे भविष्य सुमधुर हुनसक्छ ।

(लेखक सालक स‌ंरक्षण अध्ययनकर्ता हुनहुन्छ )

shares