May 26, 2017

पाकिस्तानको बलोचिस्तान प्रान्तमा बम विस्फोटः २५ को मृत्यु, ३७ घाइते

पाकिस्तानको बलोचिस्तान प्रान्तमा बम विस्फोटः २५ को मृत्यु, ३७ घाइते

काठमाण्डौ, २९ वैशाख । पाकिस्तानको बलोचिस्तान प्रान्तमा बम विस्फोटमा परी कम्तिमा २५ जनाको मृत्यु भएको छ ।

पाकिस्तानी संसद्का उपसभामुख अब्दुल गफोर हैदरीलाई लक्षित गरी गराइएको आत्मघाती बम हमलामा २५ जनाको ज्यान गएको हो । विस्फोटमा परी उपसभामुख हैदरी घाइते भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । साथै घटनामा परी ३७ जना घाइते भएको प्रहरीले बताएको छ ।

घाइते अधिकांशको अवस्था गम्भिर रहेकाले मृतकको संख्या बढ्न सक्ने अफगान अधिकारीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *