October 24, 2017

मतदानको विषयमा पर्याप्त जानकारी नहुँदा भक्तपुरका मतदाता अन्योलमा

भक्तपुर, २९ वैशाख । स्थानीय तहको निर्वाचनको दुई दिन अघिसम्म पनि भक्तपुरका मतदाताहरुमा कसरी मतदान गर्ने भन्ने बिषयमा अन्योल कायमै छ ।

निर्वाचन आयोगले देशैभर मतदाता शिक्षा कार्यक्रम एक महिना अघिदेखि लागू गरे पनि भक्तपुरमा भने अधिकांश मतदाताहरु मतपत्रमा कसरी मतदान गर्ने भन्ने विषयमा नै अल्झिएका छन् । मतदाताहरु विगतको भन्दा यसपटकको मतपत्र ठूलो र आफ्नो मन परेको उम्मेदवार खोज्न असजिलो भएका कारण आफ्नो मत बदर होला कि भन्ने त्रासमा रहेका छन् । साथै मत कसरी राख्ने बिषयमा जानकारी नहुँदा मतदाताहरु थप चिन्तित छन् ।

जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख उमेश राईले यो पटक विगतको तुलनामा मत बढी बदर हुने बताउँछन् । ठूला पार्टीका उम्मेदवारहरुलाई मत दिन सहज भए पनि साना दल र स्वतन्त्र उम्मेदवारहरुको मतचिन्ह खोज्न गाह्रो हुने र मतपत्र पट्याउने क्रममा गल्ति हुँदा आफ्नो मत पत्र बदर हुनसक्ने मतदाताहरुकाे गुनासाे रहेकाे छ ।