Breaking News

सुनसरीमा बालबालिकालाई चुनाव प्रचारप्रसारमा सहभागी नगराइने

अमर काफ्ले / सुनसरी २९ वैशाख । चुनावमा बालबालिकाको प्रयोग रोक्ने उद्देश्यका साथ सुनसरीको इनरुवामा सचेतना र्‍याली निकालिएको छ ।

दलीय चुनावी प्रचारप्रसारका साथै जुलुस तथा प्रदर्शनका नाममा बालबालिकाको प्रयोग रोक्न सुनसरी प्रशासनसँगको समन्वयमा सदरमुकाम इनरुवामा सचेतनामूलक र्‍याली निकालिएको हो । भगवति मावि इनरुवाको आयोजनामा निकालिएको र्‍यालीमा बालबालिकाका साथै सुनसरीका प्रमुख जिल्ला अधिकारी ,जिल्ला शिक्षा अधिकारी सहित सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता रहेको थियो ।

लोकतान्त्रिक चोकमा कोणसभामा परिणत भएको र्‍यालीका सहभागिहरुले चुनावी प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्न नहुनेमा जोड दिएका थिए । उक्त विषयको अनुगमनका लागि सरोकारवालाहरुले अग्रसरता लिने र विद्यालय शान्ति क्षेत्र कार्यक्रमको प्रभावकारीतामा जोड दिन समन्वय गरी अघि बढ्ने प्रतिबद्धता जनाएका थिए ।

shares