अधिनायकवादी पात्रबाट आज मुलुकले उन्मुक्ति पायो : नवराज सिलवाल

काठमाण्डौ,३ फाल्गुन । पूर्व डीआईजी एवम् एमाले सांसाद् नवराज सिलवालले आजबाट एउटा अधिनायकवादी पात्रको ज्यादतिबाट मुलुकले उन्मुक्ति पाएको बताएका छन् ।

निर्वतमान प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिमा आफूलाई अन्याय गरेको भन्दै कानुनी लडाईं लडेका सिलवालले देउवाले प्रधानमन्त्री पदबाट राजीनामा दिए लगत्तै यस्तो ट्विट गरेका हुन् ।

उनले प्रधानमन्त्रीको नाम उल्लेख नगरेपनि उनको ट्विट प्रधानमन्त्रीतर्फ लक्षित गरेको प्रष्ट हुन्छ ।  देउवाले प्रतिशोधस्वरुप फसाउन खोजेको सिलवालले आरोप लगाउदै आएका छन् । उनीविरुद्धको कीर्ते मुद्दा बुधबार मात्र जिल्ला सरकारी वकिल कार्यालयमा पुगेको थियो ।

सिलवाल अझै आईजीपी प्रकरणमा कीर्ते कागज गरेको आरोपमा प्रहरीको अनुसन्धानमै छन् । प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्ने भनेपनि अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।

सिलवालले बिहीबार देउवाकाे राजीनामा आएपछिको दिसँसो ४:३८ बजे लेखेका छन् ट्विटमा लेखेका छन्, ‘कानुनको धज्जी उड़ाएर आफ्नो स्वार्थपूर्ति गर्न जे पनि गर्न तैयार एउटा अधिनायकवादी पात्रको ज्यादतीबाट मुलुकले आज उन्मुक्ति पाएको छ।’