October 23, 2017

भक्तपुरमा सिलिण्डर बम विस्फोट

भक्तपुर २९ बैशाख । चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोटमा अज्ञात समूहले सिलिण्डर बम विस्फोट गराएका छन् ।

चाँगुनारायण नगरपालिका २ को पुरानो केएमसी अस्पताल नजिकै बाटोमा सिलिण्डर बम विस्फोट भएको हो । यो विस्फोट कसले गरायो भन्ने खुलेको छैन् ।

बम विस्फोटमा कुनै मानविय क्षती नभएता पनि राप्रपा नेता एवं चाँगुनारायण नगरपालिका वडा नं. २ को राप्रपाबाट वडा अध्यक्षका उम्मेदवार माधव खत्री र पुष्प प्रधानाङ्गको घरको झ्यालका शिशाहरु फुटेको भक्तपुर प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार दुइ घरका झ्यालका शिशा फुटेको छन् । त्यस्तै बुधबार राति १२ बजे भक्तपुरकै लोकन्थलीमा सिलिन्डर बम विस्फोट गराउने तयारी गरेको थाहा भएपछि नेपाली सेनाको टोलीले निष्क्रिय गरेको थियो । स्थानीय चुनावमा मतदातालाई आतंकित पार्ने उद्देश्यले कसैले विस्फोट गराएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।