प्रदेश ६ मा महेन्द्रबहादुर शाही मुख्यमन्त्री नियुक्त

काठमाण्डौ, ३ फाल्गुन । प्रदेश ६ को मुख्यमन्त्रीमा माओवादी केन्द्र  संसदीय दलका नेता महेन्द्रबहादुर शाही नियुक्त भएका छन् ।

वाम गठबन्धनले एमाले संसदीय दलका नेता यामलाल कंडेलको समर्थनमा प्रदेश प्रमुख दुर्गाकेशर खनालसमक्ष दाबी पेश गरिएसँगै शाही मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । बिहीबार नै मुख्यमन्त्रीमा चयन भएपनि शपथग्रहण भने भोलि हुने प्रदेश सचिवालयले जनाएको छ ।

प्रदेश ६ मा वाम-गठबन्धनको सहमति अनुसार माअोवादीले सरकार चलाउने सहमति भएपनि एमालेले आलोपालोको प्रस्ताव राखेपछि मुख्यमन्त्री चयनमा ढिलाइ भएको थियो ।

प्रदेश ६ मा जम्मा ४० सांसद मध्ये एमालेका २० र  माअोवादीका १३ गरी वामगठबन्धनका ३३ जना छन् भने कांग्रेसका ६ र राप्रपाका १ जना सांसद रहेका छन् ।

प्रदेश ६ को मुख्यमन्त्रीमा महेन्द्र बहादुर शाही निश्चित, कहिले बन्छ सरकार ?