Breaking News

भाइरल भइरहेकी अभिनेत्री प्रियाविरुद्ध मुद्दा दायर

काठमाण्डौ, ३ फाल्गुन । हालै सामाजिक संजालमा भाइरल भइरहेकी मलयालम अभिनेत्री प्रिया प्रकाशविरुद्ध मुद्दा दायर गरिएको छ ।

अाँखा झिम्क्याएर दुनियाँलार्इ दिवाना बनाउन सफल प्रियाविरुद्ध मुस्लिम युथ ग्रुपले हैदराबाद पुलिस स्टेशनमा मुद्दा दर्ता गरेको हो । प्रियाको एउटा मलयालम गीत नबुझेपनि राम्राे लागेपछि मुस्लिम युवाहरूले उक्त गीतको अंग्रेजीमा भावानुवाद गरी अर्थ बुझ्ने कोशिश गरेका थिए । यसबाट उनीहरूले मुस्लिम भावनामा चोट पुगेको भन्दै उनीविरुद्ध मुद्दा दर्ता गरेका थिए ।

भाइरल भिडियोमा मलयाली एक्ट्रेस प्रियाको ‘किलर लुक’ ले सबैलार्इ पागल बनाउन सफल भएको छ । भारतको केरलास्थित् त्रिशूर निवासी १८ वर्षीया प्रिया हाल वाणिज्यमा स्नातक गर्दैछिन् ।

फिल्म ‘ओरू अदार लव’ मार्फत् डेब्यु गरेकी प्रियाको सोही फिल्मको गीत ‘मानिक्य मलाराया पूवी..’को भिडियो क्लिप सामाजिक संजालमा भाइरल भएको हो । उक्त भिडियो युट्युब एवं सामाजिक संजालमा ४० लाखभन्दा बढी मानिसले हेरिसकेका छन् भने ट्वीटरमा पनि उनको नाम टप ट्रेन्डिङमा रहेको छ ।

shares