Breaking News

सरोज प्रजा बने ‘रियो छमछमी’ तेस्रो संस्करण विजेता

भानुभक्त बिष्ट/काठमाण्डौ, ३ फाल्गुन । आकर्षक नृत्यकला भएका मकवानपुर मनहरी ७, बिजौना निवासी सरोज प्रजा नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको ‘रियो छमछमी’को तेस्रो संस्करणको विजेता बनेका छन् ।

देशभरबाट १२ हजार नृत्यकारहरूको प्रतिस्पर्धाबाट छानिएर उनी विजेता बनेका हुन् । उनले २ लाख ७४ हजार ७ सय ७४ एसएमएस प्राप्त गरेर विजेता बनेका हुन् । नेपाल टेलिभिजनबाट राति बुधवार प्रसारण हुँदै आएको कार्यक्रममा उनी विजेता बन्दै डाट्सन रेडी गो कार लगायतका अाकर्षक पुरस्कार हात पारेका छन् ।

सानैदेखि नृत्य कुशलता देखाउँदै आएका सरोज मनहरीका विभिन्न सार्वजनिक कार्यक्रमहरूमा नृत्य प्रस्तुत गर्दै आइरहेका छन् । उनले भारतीय च्यानलको डान्स शोहरूमा पनि यसअघि भाग लिएका थिए । उनी मनहरीस्थित आस्था कला केन्द्रमा आबद्ध रही नृत्य गरिरहेका छन् ।

shares