Breaking News

प्रदेश नम्बर ७ को मुख्यमन्त्रीमा त्रिलोचन भट्ट नियुक्त, शनिबार सपथ

काठमाण्डाै,३ फाल्गुन । प्रदेश नम्बर ७ को मुख्यमन्त्रीमा माओवादी केन्द्रका संसदीय दलका नेता त्रिलोचन भट्ट नियुक्त भएका छन्।

प्रदेश प्रमुख मोहनप्रकाश मल्लले भट्टलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । डोटीको (ख) बाट  निर्वाचित भट्टले बुधबार मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । एमाले र माओवादीको भागबन्डाअनुसार प्रदेश सातमा एमालेले भट्टलाई मुख्यमन्त्रीमा समर्थन गरेको छ ।

भट्टले ५ गते सपथ लिने कार्यक्रम छ । नेकपा एमालेका २५ र माओवादी केन्द्रका १४ गरी दुईतिहाई भन्दा बढीकाे सांसदकाे समर्थन रहेकाे छ ।  नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका २ जना सांसद रहेका छन् । ७ नम्बर प्रदेशको प्रदेश सभा ५३ सदस्यीय छ ।

काे हुन् प्रदेश नम्बर ७ मा मुख्यमन्त्रीका लागि सिफारिस भएका त्रिलाेचन भट्ट

shares