Breaking News

माओवादी केन्द्र तत्काल सरकारमा नजाने, यस्ताे छ कारण

काठमाण्डाै,३ फाल्गुन । एमाले अध्यक्ष  केपी शर्मा ओलीलाई प्रधानमन्त्रीका लागि समर्थन गरेकाे माओवादी केन्द्रले तत्काल सरकारमा नजाने बताएकाे छ ।

माओवादी केन्द्रका एक नेताले पार्टी एकताको विषय टुङ्गोमा नपुगेकाले तत्कालै सरकारमा अाफ्ना मन्त्री नपठाउने बताएका हुन् ।नवनियुक्त प्रधानमन्त्री ओलीले ४ बजे प्रधानमन्त्रीको सपथ लिदैँछन् । ओलीले सपथलगत्तै सानाे मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरेका छन् ।

माओवादी केन्द्रले पार्टी एकताको विषय टुङ्गिएपछि मात्र सरकारमा सामेल हुने मन्त्रीको नाम तय गर्ने जनाएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आज निर्णायक छलफल हुने नेताहरूले बताएका थिए ।

ओली प्रधानमन्त्री शपथ बन्ने भएपछि छलफल समेत अनिश्चित बनेको छ । एकतापछि सहअध्यक्ष र आलोपालो प्रधानमन्त्रीमा दुई दलबीच सहमति भैसकेको छ । पार्टी एकताको मोडालिटी र सैद्धान्तिक विषयमा कुरा मिल्न बाँकी छ ।

 

shares