August 24, 2017

प्रहरी घेराभित्रै ‘कुख्यात अपराधी’ बब्लुको हत्या

काठमाडौं, २९ वैशाख । कुख्यात भारतीय अपराधी बब्लु दुवेको अदालत परिसरमै गोली हानी हत्या भएको छ । दुवेलाई अदालतमा पेस गर्ने क्रममा अज्ञात समूहले अदालतपरिसरमै गोली हानी हत्या गरेको हो ।

भारतको बक्सार कारागारमा सजाय काटिरहेका बल्लु भनिने मिथिलेश दुवेलाई बिहीबार बेतिया सिभिल कोर्टमा पेस गर्न लैजाने क्रममा प्रहरी घेराभित्रै गोली हानिएको थियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरीको सुरक्षा घेरामा रहेका बब्लुलाई अदालतपरिसरमै तीन जनाको संख्यामा आएका हतियारधारीले गोली हानेका थिए । उनको घटनास्थलमै मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ ।

भारतको विहार राज्यको पश्चिम चम्पारण जिल्लाको बेतिया सहरमा रहेको अदालत परिसरमा उनको हत्या भएको हो । यो खबर राजधानी दैनिकमा छ ।