जनयुद्धका दुई दशक फोटो प्रदर्शनी सुरु

काठमाण्डौ, ३ फाल्गुन । जनयुद्धका दुई दशक फोटो प्रदर्शनी बिहीबारबाट काठमाडौंमा सुरु भएको छ ।

सांस्कृतिक संग्रहालय नेपालको आयोजनामा नेपाल आर्ट काउन्सिल, बबरमहलमा आयोजित प्रदर्शनीको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गरे । उद्घाटनपछि जनयुद्दका दुई दशक फोटो प्रदर्शनीको अवलोकन गर्दै अध्यक्ष दाहालले जनयुद्धका कारण नै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन सफल भएको जिकिर गरे ।

अब देशलाई आर्थिक समृद्धिको बाटोमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । उनले जनयुद्दका फोटो प्रर्दशनीले मुलुकको परिवर्तनलाई समेटेको बताए । फाल्गुन ७ गतेसम्म चल्ने उक्त प्रदर्शनीमा जनयुद्धसँग सम्बन्धित २ सय ६० फोटोहरू राखिएका छन् ।