Breaking News

केपी ओली प्रधानमन्त्री नियुक्त, शपथ अपराह्न ४ बजे

काठमाण्डौ,३ फाल्गुन । राष्ट्रपति विद्यादेवी भण्डारीले  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलार्इ प्रधानमन्त्रीमा नियुक्त गरेकी छन्।

माओवादी केन्द्रको समर्थनसहित एमालेको दाबी पत्र बुझ्दै राष्ट्रपति भण्डारीले ओलीलाई प्रधामन्त्री नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘आज मिति २०७४ साल फागुन ३ गते बिहीबारका दिन सम्मानीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्युबाट नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभाका माननीय सदस्य श्री केपी शर्मा ओलाीलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ ।’

राष्ट्रपति कार्यालय स्रोतका अनुसार नवनियुक्त प्रधानमन्त्री ओलीले आजै अपराह्‌न ४ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्नेछन्।प्रधानमन्त्री ओलीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नु पर्ने हुन्छ । २ ७५ सदस्यीय प्रतिनिधिसभामा एमालेका १२१ र माओवादीका ५३ गरी १सय ६४ सासद छन् ।

सरकार गठनका लागि १ सय ३८ सांसद भए पुग्छ । ओलीले आजै सानो आकारको मन्त्रीमण्डल गठन गर्ने तयारी गरेका छन् । तर, प्रधानमन्त्रीमा ओलीलाई समर्थन गर्ने माओवादी केन्द्र भने तत्काल सरकारमा सहभागी नहुने भएको छ।

shares