Breaking News

२ हजारभन्दा बढी बेपत्ता पारिएकाहरूको विस्तृत छानबिन हुने

ललितपुर, २ फाल्गुन । बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन गर्न गठित आयोगले २ हजारभन्दा बढी उजुरीहरूलाई विस्तृत छानबिन प्रक्रियाबाट अघि बढाउने जनाएको छ ।

आयोगले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दे २ हजार २ सय ५८ उजुरीहरूलाई विस्तृत छानबिन प्रक्रियाबाट अघि बढाउने जनाएको हो । आयोगले बेपत्तासम्बन्धी परेका ३ हजार ९३ उजुरीहरूमध्ये अधिकांश उजुरीहरू छानबिनको क्रममा रहेको समेत जनाएको छ ।

त्यस्तै आयोगले आफ्नो क्षेत्राधिकारभित्र नपर्ने ४ सय १४ उजुरीहरूलाई सत्य निरुपण तथा मेलमिलाप अयोगमा पठाएको जनाएको छ भने २ सय ७१ उजुरीहरू तामेलीमा रहेको जनाइएको छ । आयोगले हालसम्म ९१ दशमलव ९७ प्रतिशत पुरुष र ८ दलमलव ०३ प्रतिशत महिलाहरू बेपत्ता पारिएको जनाएको छ ।

पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिनलाई प्रभावकारी रूपमा अघि बढाइएको भन्दै पीडितको स्थानीय स्थानमा गएर पनि अनुसन्धान भइरहेको बताए ।

पत्रकार सम्मेलनमा आयोगले कामकारवाहीलाई प्रभाकारी ढंगले अघि बढाउन बजेट , जनशक्ति अभाव कायमै रहेको जनाएको छ । त्यस्तै आयोगको म्याद थप गरिएको भएपनि थप गरिएको समयमा सबै उजुरीउपर छानबिन गर्न कठिनाइ हुने जनाएको छ ।

shares