देउवा सरकारको ‘अन्तिम’ मन्त्रिपरिषद् बैठक, देशबासीका नाममा सम्बोधन गरि राजिनामा

काठमाण्डौ,२ फाल्गुन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक चलिरहेको छ ।

बालुवाटारमा बसकाे याे बैठक नै प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको सम्भवतः अन्तिम बैठक हुनेछ । बैठक समाप्त भए लगत्तै प्रधानमन्त्री देउवाले आफ्नो सरकारले गरेका कामहरु समेटेर देशबासीका नाममा सम्बोधन गर्ने तयारी गरेकाे बैठकमा सहभागी भौतिक योजना निर्माण तथा यातायात मन्त्री वीरबहादुर बलायरका जानकारी दिए ।

प्रधानमन्त्रीको राजनीमाबारे अझै टुंगो नलागे पनि देशबासीका नाममा गर्ने सम्बोधनको भने तयारी भइरहेको उनले जनाए  । निर्वाचन आयोगले प्रतिनिधि सभाको अन्तिम मतपरिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरे पछि प्रधानमन्त्री देउवाले राजनीमा नै दिने अड्कल गरिएको छ।