Breaking News

बन्यजन्तु र वातावरण संरक्षणबारे लेखिएको पुस्तक लोकार्पण

काठमाण्डौ, २ फाल्गुन । बन्यजन्तु र वातावरण संरक्षणका लागि सरकारी तवरवाट भएका प्रयासहरू समेटिएको पुस्तक सार्वजनिक गरिएको छ ।

मन्त्री दिपक बोहरा र संरक्षणविद् डाक्टर सिद्धार्थ बज्राचार्यद्वारा तयार गरिएको पुस्तकको बुधबार एक कार्यक्रमबीच प्रधानमन्त्री शेर बहादुर देउवाले लोकार्पण गरेका हुन् । प्रधानमन्त्री देउवाले विश्वमा नै चिन्ताको विषय रहेको बन्यजन्तु र वातावरण संरक्षणका विषयमा झक्झकाउनु सकारात्मक विषय भएको भन्दै लेखकको प्रशंसा गरे ।

पुस्तकमा सन २००९ देखि २०११ बीचमा सरकारले वातावरण सरंक्षणका लागि गरेका निर्णय, ठोस योजना तथा कार्यान्वयनलाई समावेश गरिएको छ भने लोप हुँदै गरेको बन्यजन्तु संरक्षणका लागि गरिएका प्रयास र संरक्षणका लागि सरकार तथा सरोकारवाला निकायले लिनुपर्ने नीतिका बारेमा प्रकाश पारिएको छ ।

त्यस्तै मन्त्री बोहराले बिश्वसामु वातावरण संरक्षणका प्रयास जारी रहेका अवस्थामा नेपालमा यस सम्बन्धी सकारात्मक पहल हुनु, कालापत्थरमा बैठक बस्नु लगाएतका कार्य सह्रानीय भएको र यसलाई निरन्तरता दिन सबै एकजुट हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा वातावरण विज्ञहरूले वातावरणको रक्षाका लागि सरकारी तवरबाट भएगरेका प्रयासहरू सकारात्मक भएपनि यसलाई निरन्तरता दिनुपर्ने अहिलेको आवश्यकता रहेको बताए । पुस्तकलाई प्रतिमा निमा फाउन्डेशनले प्रकाशन गरेको हो ।

shares