Breaking News

क्यानडाले नेपाललार्इ दियो १९५ रनको लक्ष्य

निलम महर्जन/काठमाण्डौ, २ फाल्गुन । नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत लिग चरणको अन्तिम खेलमा क्यानडाले नेपाल सामु एक सय ९५ रनको चुनौती पेश गरेको छ ।

विन्डोहकस्थित वण्डर्रर क्रिकेट ग्राउण्डमा जारी खेलमा तालिकाको शीर्षस्थानमा रहेको क्यानडाले जितका लागि नेपाल सामु एक सय ९५ रनको लक्ष्य पेश गरेको हो । टस गुमाएर पहिले ब्याटिङ् गरेको क्यानडाले निर्धारित पचास ओभर खेल्दै आठ विकेट गुमाएर एक सय ९४ रन बनायो ।

क्यानडालाई सम्मानजनक स्थितिमा पु¥याउन ओपनर श्रीमन्थ विजिरत्नेले शतकीय पारी खेले । एक सय ५२ बलको सामना गरेको श्रीमन्थले आठ चौका हिर्काउँदै नटआउट एक सय तीन रन बनाए । हाम्जा तारिकले २४, शतसिमरञ्जित धिन्द्शाले नटआउट १८ तथा शादबीन जाफरले १० रन बनाउनु बाहेक अरुले दोहोरो स्कोरमा रन बनाउन सकेन ।

बलिङतर्फ नेपालका लागि बसन्त रेग्मीले तीन, सन्दिप लामिछानेले दुई तथा करण केसी र शरद भेषावकरले समान एक एक विकेट लिए । प्रतियोगितामा चार खेलको समाप्तिसम्म क्यानडा ६ अंकका साथ तालिकाको पहिलो र समान अंक जोडेको नेपाल रनरेटका आधारमा दोस्रो स्थानमा छ ।

दुवै टोलीका लागि प्रतियोगिताको शीर्ष दुईमा रहेर विश्वकप छनोटको यात्रा तय गर्न जितको विकल्प छैन । नेपाल र क्यानडा दुवैले यसअघि खेलेका चार खेलमध्ये समान तीन जित र एक हार व्यहोरेका छन् ।

shares