Breaking News

ओलीलाई प्रधानमन्त्री बनाउने एमालेको औपचारिक निर्णय

काठमाडौं २ फाल्गुन । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधामनन्त्रीको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको छ ।

निर्माण व्यवसायी शारदा अधिकारीको ललितपुरको मानभवनस्थित घरमा बुधवार बसेको स्थायी समितिको बैठकले ओलीलाई प्रधामनन्त्रीको रुपमा अघि सारेको हाे । ओलीलाई प्रधामनन्त्री नियुक्त गर्नको लागि राष्ट्रपतिलाई आग्रह गर्ने एमालेले निर्णय गरेको छ ।

राष्ट्रपतिलाई आग्रह गर्नुअघि संसदीय दलको बैठक बसेर ओलीलाई नेता बनाइने छ । एमाले र माओवादी शीर्ष नेतृत्वबीच ओलीको नेतृत्वमा सरकार गठन गर्न दाबी पेश गर्ने सहमति भएको छ ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा एमाले र माओवादीको प्रष्ट बहुमत छ । एमालेका १ सय २१ र माओवादीका ५३ सांसद छन् । सरकार गठनका लागि १ सय ४८ सांसदकाे अावश्यका पर्छ ।

बैठकमा पार्टी एकताको बिषयमा छलफल भएको थियो । संयोजन समिति बैठकको लागि माओवादी नेताहरु मानभवन पुगेका छन् । केहीबेरमै पार्टी एकता संयोजन समितिको बैठक बस्दै छ ।

shares