Breaking News

यी हुन् भाइरल फोटोका कारण रातारात स्टार बनेका ९ व्यक्ति

काठमाण्डौ, २ फाल्गुन । प्रिया प्रकाश वारियर भ्यालेन्टाइन सप्ताहको इंटरनेट सेंसेसन बनेकी छिन् ।

प्रियाको मलयालम भाषाको ‘मनिक्या मलरया पूवी’ नामक गीत युट्युबमा ४० लाखभन्दा धेरै दर्शकहरूले हेरिसकेका छन् । भुतुक्कै पार्ने हेराइकै कारण पछिल्लो समय निकै चर्चा बटुलेकी प्रिया रातारात स्टार बन्न सफल उनी एक्लो व्यक्ति भने पक्कै होइनन् ।

यस्ता अन्य कैयौं व्यक्तिहरू छन् जाे एकाएक सामाजिक संजालमा छाए र एउटै फोटोको कारण अाफ्नो भाग्य बदल्न सफल भए । अाज हामी यस्तै ८ चर्चित व्यक्तिहरूको बारेमा यहाँ चर्चा गर्ने जमर्को गर्दैछौं ।

१. अरशद खान

कुनैबेला पाकिस्तानमा चिया बेच्नेवाला अरशद खान अहिले स्टार बनिसकेका छन् । निलो अाँखा भएका अरशदको चिया बेच्दै गरेको तस्वीर मिडियामा भाइरल भएपछि उनको फ्यान फलोइङ मात्र बढेन, बरु उनको भाग्य नै चम्कियो । उनलार्इ तत्काल मोडलिङको अफर अायो र हाल उनी एक सफल मोडल बनिसकेका छन् । (फोटो माथि कभरमा हेर्नुहोस्)

२. पिट्रो बोसली

लण्डन विश्वविद्यालयका एक विद्यार्थीले अाफ्नो गणित शिक्षक पिट्रोको एउटा फोटो सोसल मिडियामा अपलोड गरेका थिए, जुन यति भाइरल भयो कि सोही कारण उनी अहिले एक सफल मोडल बनिसकेका छन् । उनले उतिबेला संसारकै सबैभन्दा अाकर्षक गणित शिक्षकको रूपमा चर्चा पाएका थिए । (फोटो माथि कभरमा छ)

३. अोमर बोरकन अल गाला

अोमर त्यस्ता व्यक्ति हुन् जसलार्इ ह्यान्डसम भएकै कारण साउदी अरबबाट देश निकाला गरिएको थियो । उनको एउटा तस्वीर अरेबिक पत्रिकामा छापिएको थियो, यही लोकप्रियताको अाधारमा उनलार्इ देशबाटै निष्काशन गरिएको थियो । साउदीका महिलाहरू उनीप्रति यति मोहित भएका थिए कि सुरक्षाको दृष्टिकोणले पनि सरकारले सो निर्णय लिनु परेको बताएको थियो । स्थिति सामान्य बनेपछि मात्रै उनलार्इ फिर्ता बोलाइएको थियो ।

४. जैडी लिटिल

फोटोजेनिक केटाको नामबाट चर्चित भएका जैडी लिटिल म्याराथनमा सहभागी हुन अाएको बेला खिचिएको एउटा तस्वीर इंटरनेटमा भाइरल भएको थियो । त्यसपछि त झन् उनी अाकर्षणको केन्द्रबिन्दु नै बन्न पुगे ।

५. ली मिनवर्इ

सिंगापुर निवासी २२ वर्षीय एअरपोर्ट अधिकृत ली मिनवर्इ पनि इंटरनेट सेंसेसन बन्न पुगे । उनको एउटै फोटो इंटरनेटमा भाइरल भएपछि फ्यान फलोइङ ह्वात्तै बढ्याे र उनी सेलिब्रिटी बने ।

६. जेरेमी मिक्स

सन् २०१५ मा जेरेमीका केही फोटो सामाजिक संजालमार्फत् निकै चर्चामा रह्यो । उनको निलो अाँखा र ह्यान्डसम लुक्सको कारण उनी एकाएक स्टार बनेका थिए । लस एन्जल्सको एक एजेन्सीले उनको सोही भाइरल फोटो देखेपछि मोडलको रूपमा अनुबन्धित गराएको थियो ।

७. इरविन र्यान्डल

टेक्सासको ‘ह्यांडसम हजुरबुबा’ इरविनको पनि यस्तै कहानी छ । उनका तस्वीरहरूले इंटरनेटमा धमाका मच्चाएको थियो । सोही तस्वीरको कारण उनलार्इ ‘मिस्टर स्टील योर ग्रांडमां’ नामले चिनिन थाले ।

८. साराह सीराइट

साराह सीराइट नामक एक महिलाको कैदीको जेलमा खिचिएको एउटा तस्वीर संजालमा निकै लोकप्रियता कमायो । जसकारण उनलार्इ मान्छेहरूले कैदीको गर्लफ्रेन्डको रूपमा बोलाउन सुरु गरे भने यही नामबाट उनी निकै चर्चित पनि बन्न पुगिन् ।

shares