Breaking News

प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त

विराटनगर, २ फाल्गुन। प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका शेरधन राई नियुक्त भएका छन् ।

प्रदेश प्रमुख डा. गोविन्द सुब्बाले राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । राई प्रदेश इन्चार्ज भीम अाचार्यलार्इ २ मतले पराजित गर्दै  दलका नेतामा निर्वाचित भएका थिए । संविधानको धारा १६८ को उपधारा १ अनुसार प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलका नेता राईलाई मुख्यमन्त्री नियुक्त गरको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

एमालेले राईको नेतृत्वमा सरकार गठन गर्न सोमबार आफ्नो दाबी प्रस्तुत गरेको थियो । ९३ सदस्यीय प्रदेशसभामा एमालेको एकल बहुमत छ । तर रार्इलार्इ माअाेवादी केन्द्रकाे पनि समर्थन रहेकाे छ । एमालेका ५१ सांसद छन् भने माअाेवादीका  १६ रहेका छन् । मुख्यमन्त्री राईले भोलि सपथ लिनेछन् ।

प्रदेश १ एमाले संसदीय दलको नेतामा अाचार्य पराजित: शेरधन राई मुख्यमन्त्री बन्ने पक्का

shares