Breaking News

ओली-दाहालबीच वान टु वान वार्ता सकियोः बाेलाए छुट्टाछुट्टै बैठक

काठमाडौ, २ फाल्गुन । माओवादीसँग पार्टी एकता र शक्ति बाँडफाँडमा अन्तिम सहमति जुटाउन एमाले अध्यक्ष केपी ओलीले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाएका छन् ।

ललितपुरको मानभवनस्थित घरमा ओली प्रचण्डबीच वान टु वान वार्ता सकिएपछि अाेलीले सोही घरमा बैठक बाेलाएका हुन् । पार्टी एकता संयोजन समितिको बैठक बस्नुअघि स्थायी कमिटीमा छलफल गर्न नेताहरुलाई बोलाइएको बुझिएकाे छ ।

यस्तै प्रचण्डले पनि पार्टीभित्र एमालेसंगकाे एकताकाे बारेमा छलफल गर्न अहिले अाफ्नाे निजी निवास खुमलटारमा माओवादी हेडक्वार्टरको बैठक बाेलाएका छन्।

निर्माण व्यवसायी शारदा अधिकारीको ललितपुरको मानभवनस्थित घरमा ओली प्रचण्डबीच लगातार वान टु वान वार्ता भैरहेका छन् । यसअघि  मंगलबार पनि सोहि घरमा ओली प्रचण्डबीच वार्ता भएको थियो ।

आज भएको अध्यक्षहरुको भेटले पार्टी एकीकरणको अन्तिम ढाँचा तयार गरेको र त्यसलाई आन्तरिक छलफलबाट टुंगो लगाउन आकस्मिक बैठक डाकिएको दुवै पार्टीका नेताहरुले बताए । पार्टीको आन्तरिक बैठकमा सहमति लिएर एकता प्रक्रियालाई मूर्तरुप दिने  प्रयास भइरहेको एक नेताले बताएका छन् ।

shares