Breaking News

रौटहटमा नगरपालिकाको कार्यालय सार्ने विषयलार्इ लिएर झडप

प्रविण टिबडेवाल/रौतहट, २ फाल्गुन । रौटहटको वृन्द्धावन नगरपालिकाको कार्यालय अन्यत्र सार्ने विषयलाई लिएर प्रहरी र स्थानीयबीच झडप भएको छ ।

पहिलादेखि विश्रामपुरमा रहेको वृन्दावन नगरपालिकाको कार्यालय  सो ठाउँबाट पाँच किलोमिटर पश्चिम हर्साहा चोकमा सार्ने विषयको लागि नगरपालिका परिसरमा चलिरहेको बैठकलाई स्थानीयले अवरोध गरेपश्चात् झडप भएको हो ।

हाम्रो गाउँमा आएको कार्यालय हामी सार्न दिंदैनौं भन्दै विश्रामपुरका स्थानीयले नगरपालिकाको कार्यालयलाई घेरा हाली तोडफोड गरिरहेका छन् । स्थानीयले कार्यालय तोडफोड गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २३ राउण्ड अश्रुग्याँस प्रहार गरेको छ ।

नगरपालिकाको कार्यालय विश्रामपुरबाट ५ किलोमिटर टाढा सार्न कार्यपालिकाको बैठक बसिरहेको समयमा विश्रामपुरका स्थानीयले बैठक अवरोध पार्न खोजेपछि झडप सुरु भएकोे रौतहटका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरलेले बताए । पोखरेलका अनुसार स्थिति नियन्त्रणमा लिन १५० भन्दा बढी नेपाल प्रहरी तथा सशस्त्र प्रहरी सो स्थानमा खटाइएको छ ।

shares