सिलवालविरुद्ध प्रतिशोध साधेकाे भन्दै सरकारी वकिलको कार्यालयमा प्रदर्शन

काठमाण्डाै,२ फाल्गुन । नवराज सिलवालविरुद्ध प्रतिशोध साध्नको लागि राज्य शक्तिको दुरुपयोग गरिएको भन्दै सचेत नागरिक नेपालले बुधबार सरकारी वकिलको कार्यालय काठमाडौं अगाडी प्रदर्शन गर्दे धर्ना दिएका छन् ।

फौजदारी न्याय प्रणालिको दुरुपयोग गर्दे सिलवालविरुद्ध कीर्ते मुद्दा दर्ता गराउन खोजिएको भन्दै उनीहरुले प्रदर्शन सहित धर्ना दिएका हुन् । समानताको सिद्दान्त सबै नागरिकलाइ बराबर लागु गर्नुपर्ने , कानुनको दुरुपयोगलाई रोक्नुपर्ने लगाएतका प्ले कार्य सहित उनीहरुले नारावाजी समेत गरेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवा,महान्यायाधिवक्ता बसन्तराम भण्डारी र प्रहरी प्रमुख प्रकाश अर्यालको योजनामा नियोजित रुपमा सिलवालविरुद्ध कीर्तेमा मुद्दा दर्ता गराउन खोजिएको उनीहरुको आरोप छ । सचेत नागरिक नेपाल ललितपुर का अध्यक्ष पुरुषोतम आचार्यले प्रतिशोध साध्नकै निम्ती एक व्यक्तिमाथि निरन्तर षडयन्त्र भईरहेको आरोप लगाउनुभयो ।

उनले जनतामाथि चूनिएको व्यक्तिलाई फसाउन खोजिएको आरोप पनि लगाए । सचेत नागरिक नेपालले सरकारबाट बाहिरिदै गर्दा सिलवालसँग बदला लिन खोजिएको भन्दै आपत्ती जनाएको छ ।