फ्रान्सका राष्ट्रपतिले दिए सिरियामाथि ‘हमला’ गर्ने चेतावनी

काठमाण्डौ, २ फाल्गुन । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले सिरियाली सरकारले फ्रान्सेली नागरिकविरूद्ध रासायनिक अस्त्र प्रयोग गरिरहेको प्रमाण फेला परेमा सिरियामाथि ‘हमला’ गर्ने चेतावनी दिएका छन् ।

गत जनवरीदेखि सिरियाले संदिग्ध क्लोरिन ग्याँस आक्रमण गरेका कैयौँ रिपोर्टहरू सार्वजनिक भएपछि माक्रोंको पछिल्लो टिप्पणी अाएको हो । तर पत्रकारसँगको कुराकानीमा उनले भने, “जहाँबाट त्यस्ता आक्रमणहरू गरिन्छन् अथवा जहाँबाट आक्रमणको तयारी गरिन्छ त्यहाँ हामीले हमला गर्नेछौँ।”

तर प्रतिबन्धित रासायनिक अस्त्रको प्रयोग गरिएकोबारे फ्रान्सेली गुप्तचर निकायले अहिलेसम्म कुनै प्रमाण फेला नपारको माक्रोंले बताए । विद्रोही नियन्त्रित एउटा शहरमा यसै महिनाको सुरूतिर रसायन भएको एउटा बम खसालिएपछि श्वासप्रश्वासमा समस्या देखिएका नौजनाको उपचार गरिएको थियो ।