Breaking News

नया बन्ने सरकारले वर्तमान सरकारका निर्णय नमान्ने भन्नु गलत : सञ्चारमन्त्री

काठमाण्डौ १ फाल्गुन । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले वर्तमान सरकार हिजो गठन हुँदा जुन अवस्थामा थियो अहिले पनि त्यही हैसियतमा रहेको बताएका छन ।

मन्त्री बस्नेतले एमाले अध्यक्ष ओलीसहित कतिपय शीर्ष नेताहरुले वर्तमान सरकारले गरेका निर्णयहरु अब बन्ने सरकारले नमान्ने भनेर सार्वजनिक अभिव्यक्ति दिएकोप्रति असहमति जनाए । उनले विधी विधान अनुसार गरिएका निर्णयहरु नमान्ने भन्नु गलत सोचाई भएकाे बताए ।  प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै राजिनामा दिने पनि उँहाले जानकारी दिए ।

त्यस्तै एमालेका नेता एवम् प्रदेश नम्बर १ का संसदीय दलका नेता शेरधन राईले एमाले अध्यक्ष केपी शर्मा ओली अध्यक्षकै हैसियतमा प्रधानमन्त्री बन्ने दाबी गरे । राईले एमाले र माओवादी केन्द्रबीचको एकता पनि चाँडै घोषणा हुने बताए ।

shares