यी हुन् कांग्रेसका ४० समानुपातिक सांसद्? (सूचीसहित)

का‌ठमाण्डाै, २९ माघ । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको स्थानअनुसार नामावली टुंगो लगाई निर्वाचन आयोगमा बुझाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले समानुपातिक स्थानको नामावली टुंगो लगाएको हो । गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ कूल २३ स्थानमा विजयी काँग्रेसबाट कुनै पनि महिला निर्वाचित हुन सकेका थिएनन् ।

त्यस्तै माघ २४ गते सम्पन्न संघीय सदनको माथिल्लो सदन राष्ट्रियसभा सदस्य निर्वाचनमा कूल १३ स्थानमा विजयी भएको कांग्रेसका छ महिला विजयी भएका थिए । कानूनी प्रावधानअनुसार दुवै सदनमा प्रत्येक दलबाट कम्तीमा एक तिहाइ महिला सहभागिता सुनिश्चत गराउनुपर्ने प्रावधान छ ।

त्यसैले कांग्रेसले प्राप्त गरेको प्रतिनिधिसभाको समानुपातिक स्थानमध्ये २० महिलालाई पठाउने निर्णय गरेको पार्टी कार्यालयले जनाएको छ ।

यस्तो छ कांग्रेसको समानुपातिक सूची- 

खस/आर्य (पुरुष) तर्फ:
बालकृष्ण खाँड
दिलेन्द्रप्रसाद बडू
किशोरसिंह राठौर
सत्यनारायण खनाल
सूर्यबहादुर केसी
मोहन पाण्डे

खस/आर्य (महिला)तर्फ:
सुजाता कोइराला
पुष्पा भुसाल
डा. डिला संग्रौला
मीना पाण्डे
उमा रेग्मी
दीपशिखा शर्मा

आदिवासी/जनजाति (पुरुष)तर्फ:
बहादुरसिंह लामा
कर्मा घले
उमेश श्रेष्ठ
लालकाजी गुरुङ
जिपछिरिङ लामा
दिव्यमणि राजभण्डारी

आदिवासी/जनजाति (महिला)तर्फ:
ज्ञानकुमारी छन्त्याल
प्रमिला राई
महेन्द्रकुमारी लिम्बू
हीरा गुरुङ
मीना सुब्बा

मधेसी (पुरुष)तर्फ:
विनोद चौधरी
स्मृतिनारायण चौधरी
नगेन्द्रकुमार राय

मधेसी (महिला)तर्फ:
सीतादेवी यादव
चित्रलेखा यादव
मीनाक्षी झा

दलित (पुरुष)तर्फ:
मानबहादुर विश्वकर्मा
मीन विश्वकर्मा
प्रकाश रसाइली

दलित (महिला)तर्फ: 
सुजाता परियार
लक्ष्मी परियार
विमला नेपाली

थारू (पुरुष)तर्फ:
पद्मनारायण चौधरी

थारु (महिला)तर्फ:
पार्वता डिसी चौधरी
नमिताकुमारी चौधरी

मुस्लिम (पुरुष)तर्फ: 
अतहर कमाल मुसलमान

मुस्लिम (महिला)तर्फ:
सर्वतआरा खानम