Breaking News

जहाँ सडकमा फलफूल तरकारीसरह पैसाकाे पसल राख्छन् मानिसहरू

काठमाण्डौ,२९ माघ । प्राय: हरेक सहरबजारमा फलफूल र तरकारीकाे बजार लाग्ने गर्दछ । तर सडकमा नाेट वा पैसाकाे बजार लाग्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । हाे, अफ्रिकी देश साेमालील्याण्डका मानिसकाे लागि याे सामान्य कुरा हाे ।

यहाँ सडकमा फलफूल बिक्रेतासरह मानिसहरू पैसाकाे पसल थापेर बसेका हुन्छन्, त्याे पनि बिना कुनै सुरक्षा वा हतियार । यसकाे याैटै कारण भनेकाे यहाँकाे पैसाकाे अवमूल्यन । पैसा यति सस्ताे छ कि सानाे सामान किन्न पनि झाेलाभरि पैसा बाेकेर जानुपर्छ । नगद बाेकेर सामान खरिद गर्न पसलसम्म पुग्न असहज भएपछि उनीहरूले क्यासलेस सिस्टम अपनाएका छन् ।

गृहयुद्धकाे कारण सन् १९९१ मा साेमालियाबाट अलग भएर साेमालील्याण्ड एक नयाँ देश बन्न पुग्याे । यद्यपि अाजसम्म याे देशले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेकाे छैन । चरम गरिबी झेलिरहेकाे याे देशमा न कुनै सिस्टम छ, न कुनै राेजगार । ऊँटका निर्यात र पर्यटनबाट धेरथाेर अाम्दानी गर्छन् यहाँका मानिसहरू ।

यहाँकाे मुद्रा शिलिंग हाे । ५ सयकाे भन्दा ठूला नाेटहरू मात्र प्रचलनमा छन् । एक अमेरिकी डलरकाे लागि ९ हजार शिलिंग तिर्नुपर्छ । साेमालियन मुद्रा खरिद गर्न चाहेकाे खण्डमा मात्र १० डलरमा त्यहाँकाे ५० किलाेभन्दा धेरै नाेट जाेखेर किन्न सकिन्छ ।

यस देशमा अन्तर्राष्ट्रिय स्तरकाे कुनै बैंक छैन, साथै कुनै बैंकिंग सिस्टम एवं एटीएम पनि छैन । दुर्इवटा प्राइभेट कम्पनीले सजिलाेकाे लागि माेबाइल बैंकिंग इकाेनाेमी खडा गरेका छन् । भ्रमणमा अाउने पर्यटकका लागि मुद्रा सटही बजार लागेकाे हुन्छ । यही  पेशाबाट कतिपयले गुजारा पनि चलाइरहेका छन् ।

गहना पसल चलाइरहेका १८ वर्षीय इब्राहिम भन्छन्, सुनकाे एउटा सानाे नेकलेस किन्न पनि १० देखि २० लाख शिलिंग चाहिन्छ, जुन रकम बाेकेर जान सकिंदैन । तसर्थ यहाँ सबैले क्यासलेस सिस्टम अपनाउने गरेका छन् ।

shares