Breaking News

प्रदेश ३ मन्त्रिपरिषद्ः जम्मरकट्टेल र स्थापित बने मन्त्री

हेटौंडा, २९ माघ । प्रदेश नं ३ को मुख्यमन्त्री डोरमणी पौडेलले पद तथा गोपनियताको शपथ लिएलगत्तै तीन सदस्यीय मन्त्रीमण्डल गठन गरेका छन् ।

मुख्यमन्त्री पौडेलको मन्त्रीमण्डलमा भौतिक पूर्वाधार तथा निर्माणमन्त्रीमा केशव स्थापित नियुक्त भएका छन् । काठमाडौं महानगरपालिकाको मेयर भइसकेका स्थापित प्रदेश नम्बर ३ को मुख्यमन्त्रीको दाबेदार थिए । हाल उनी प्रादेशिक सरकारको मन्त्री बन्न पुगेका छन्।

मन्त्रीमण्डलमा माओवादी संसदीय दलका नेता शालिकराम जमरकट्टेललाई समेत समावेश गरिएको छ । उनलाई प्रदेशको गृह मन्त्रालय मानिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी सुम्पिएको छ। उनीहरू दुवै जनालाई सोमबार प्रदेश प्रमुख अनुराधा कोइरालाले सपथ ग्रहण गराएकी छन् ।

shares