प्रदेश ४ को मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ नियुक्त

काठमाण्डौ,२९ माघ । नेकपा एमालेका पाेलिटव्युराे सदस्य पृथ्वीसुब्बा गुरुङ प्रदेश नम्बर ४ को मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

माओवादीको समर्थनमा गुरुङले मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख बाबुराम कुँवर समक्ष दाबी पेश गरेका थिए । एमालेका २७ र माओवादीका १२ हस्ताक्षरसहित कार्यालय पुगेका गुरुङलाई प्रदेश प्रमुख बाबुराम कुँवरले मुख्यमन्त्रीमा नियुक्ति गरेका हुन् ।

गुरुङको सपथ फागुन २ गतेका लागि तोकिएको प्रदेश संसद सचिवालयले जनाएको छ । एमालेबाट सर्वसम्मत रुपमा गुरुङ प्रदेशको संसदीय दलमा हिजो चयन भएका थिए ।

वाम गठबन्धनसँगको सहमति अनुसार एमालेले माओवादीको समर्थनमा प्रदेश ४ मा प्रादेशिक सरकारको नेतृत्व गर्ने सहमति भएकाे थियाे । सोही अनुसार गुरुङ प्रदेश ४ को मुख्यमन्त्री नियुक्त भएका हुन्।

काे हुन् पृथ्वीसुब्बा गुरुङ ? प्रदेश ४ को मुख्यमन्त्री बन्ने पक्का