November 18, 2017

मुम्बई पञ्जाबले दिएको २ सय ३१ रनको लक्ष्य पछ्याउँदै

काठमाण्डौ, २८ वैशाख । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत अहिले मुम्बई इन्डियनस र किंग्स एलाभेन पञ्जाबबीच खेल भइरहेको छ ।

मुम्बईको वाखडे स्टेडियममा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा विकेट गुमाउँदै २ सय ३० रनको योगफल तयार पारेको छ । उसका लागि ऋद्धिमान शाहले नटआउट ९३, मार्टिन गुप्तिलले ३६, कप्तान ग्लेन म्याक्सवेलले ४७ रनको पारी खेले ।

मुम्बईका लागि मिचेल म्याक्लेनाघन, जसप्रित वुमराह र कर्ण शर्माले समान १–१ विकेट लिए । प्रतियोगितामा आफ्नो सम्भावना कायम राखिराख्न पञ्जाबलाई यो खेल जित्नै पर्ने दबाब छ ।