Breaking News

हलिवुड: विन्स्टन कम्पनीविरुद्ध मुद्दा दायर

काठमाण्डौ, २९ माघ । यौन दुर्व्यवहारको अभियोग लागेका हलिवुड चलचित्र निर्माता हार्भी विन्स्टनको कम्पनीविरुद्ध न्यूयोर्कका अभियोजनकर्ताहरूले मुद्दा दायर गरेका छन् ।

विन्स्टनले कम्पनीका महिला कर्मचारीलाई दुर्व्यवहार गरेको र केही कर्मचारीलाई मार्नेसम्मको धम्की दिइएको आरोप लगाउँदै उक्त मुद्दा दर्ता गरिएको हो । विन्स्टनविरुद्ध ७० जनाभन्दा बढी महिलाले बलात्कारसहित यौन दुर्व्यवहारको आरोप लगाएका छन् ।

न्यूयोर्कका महान्यायाधिवक्ता एरिक स्नाइडरम्यानका अनुसार विन्स्टन कम्पनीले कर्मचारीहरूलाई शोषण र नराम्रो व्यवहार गरेको पाइएको छ । तर त्यसबारे परेका उजुरीविरुद्ध भने कारबाही चलाउन कम्पनी विफल भएको जनाइएको छ ।

विन्स्टन कम्पनीले भने त्यसबारे कुनै प्रतिक्रिया जनाएको छैन । विन्स्टनका वकिल बेन ब्राफम्यानले आफ्ना सेवाग्राहीको कम्पनीमा भेदभाव पटक्कै नभएको बताएका छन् । उनले विन्स्टनको व्यवहार बिना गल्तीको नभएको तर उनले कुनै अपराध पनि नगरेको बताए ।

shares