Breaking News

अभिषेक बच्चनको ट्वीटर अकाउन्ट ह्याक भएपछि…

मुम्बर्इ, २८ माघ । चर्चित बलिउड स्टार अभिषेक बच्चनको ट्वीटर अकाउन्ट ह्याक भएको जनाएको छ ।

अनुपम खेर र किरण बेदीपश्चात ह्याकर्सले अभिषेकलार्इ निशाना बनार्इ समस्यामा पारेकाे हो । उनको अकाउन्ट ह्याक गरेपश्चात ह्याकरले पोष्ट गरेको तस्वीर मिडियामा भाइरल भएपछि उनलार्इ अप्ठ्यारो परेको छ ।

एकपछि अर्को गर्दै अभिषेककाे सबै सोसल मिडियाका अकाउन्टहरू ह्याक हुन थालेको पनि जनाइएकाे छ । फेब्रअरी १० मा उनको इंस्टाग्राम अकाउन्ट ह्याक भएकाे थियो । ह्याक गरेपछि उक्त अकाउन्टमा पोष्ट गरिएको एक तस्वीरमा अमिताभ बच्चन इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेट गर्दै गरेको दृश्यकाे पछिल्तिर अभिषेक अमिताभलार्इ हेरिरहेका देखिन्छन् ।

त्यस्तै एउटा अर्को फोटोकाे क्याप्सनमा लेखिएकाे छ- ‘अाइ लव यु क्याट्रिना क्याफ’ । उनकाे अकाउन्टमा प्यालेस्टाइनकाे झण्डा भएको तस्वीर पनि शेयर भएको देखिन्छ । हाल उनको ह्याक गरिएका सबै अकाउन्टहरूलार्इ रिकभर गरिसकिएको बुझिएको छ । साथै ह्याकरद्वारा पोष्ट गरिएका सबै तस्वीरहरू हटाइसकिएको जनाएको छ ।

shares