Breaking News

सरकार नै निर्वाचन धाँधली गर्न उद्दत रहेको ओलीको आरोप

काठमाण्डौ, २८ वैशाख । एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा धाँधली गर्न सरकार उद्दत रहेको आरोप लगाएका छन् ।

एमाले–भरतपुर महानगर कमिटीको आयोजनामा चितवनको नारायणगढमा भएको बृहत् आमसभामा जेठ १५ गते बजेट ल्याएर दोस्रो चरणको निर्वाचनलाई प्रभावित पार्न खोजेको ओलीले बताए । निर्वाचनको मुखमा ठाउँठाउँमा एमालेका कार्यकर्तामाथि हमला भइरहेको भन्दै उनले दुःख व्यक्त गरे ।

कार्यक्रममा एमालेका महासचिव ईश्वर पोखरेल, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, नेता काशीनाथ अधिकारी लगायतको सहभागिता थियो । कार्यक्रम सुरु हुनु अघि भरतपुरको चौबिसकोठीबाट एमाले कार्यकर्ताहरुले बाजागाजा सहित बृहत् र्‍याली निकालेका थिए ।

shares