Breaking News

यी हुन् एमालेका प्रतिनिधिसभा समानुपातिकतर्फका ४१ सांसद? (सूचीसहित)

काठमाण्डौ,२८ माघ । नेकपा एमालेले प्रतिनिधिसभाको समानुपातिकतर्फमा विजयी ४१ जनाकाे नाम निर्वाचन आयोगमा पठाएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा आज बसेको एमाले स्थायी समिति बैठकले प्रतिनिधिसभामा समानुपातिकतर्फ पाएको ४१ सांसदको नाम तय गरेर निर्वाचन आयोगमा पठाएको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

पार्टीले प्राप्त गरेको सिट संख्या अनुसार समावेशी समूह मिलाएर निर्वाचन आयोगसमक्ष पठाइएको एमालेले जनाएको छ ।  निर्वाचन आयोगले दलहरुलाई समानुपातिकतर्फ विजयी हुनेको नाम पठाउन सोमबारसम्मको समय दिएको छ ।

यी हुन् एमालेका प्रतिनिधिसभाको समानुपातिकतर्फ विजयी ४१ सांसद

 

shares