Breaking News

बीरगञ्जमा दाैरा सुरुवाल लगाएर हिड्न ऋषी धमलालाई भावी मुख्यमन्त्रीकाे चुनाैती (भिडियो)

काठमाण्डौ, २८ माघ । प्रदेश नम्बर २ का भावी मुख्यमन्त्रीका रुपमा हेरिएका फोरमका नेता लालबाबु राउतले दाउरा सुरुवाल र टोपीलाई राष्ट्रिय पोसाक स्वीकार नगरिने बताएका छन ।

हिमालय टेलिभिजनबाट अाइतबार राती ८ बजे प्रशारण हुने कार्यक्रम धमलाकाे हमलामा राउतले भने – ‘प्रदेश नम्बर २ को राष्ट्रिय पोसाक भनेकाे धाेती, कुर्ता, पाइजामा, लुङ्गी र बन्डी हो  । राष्ट्रिय भाषा चाही हिन्दी नै हो ।’

केही दिन पहिले जनकपुरमा अायोजित प्रदेश सांसदहरुकाे सपथ ग्रहण कार्यक्रममा मधेश केन्द्रित दलहरुले मर्यादा पालकलाई नेपाली पोसाक दाउरा, सुरुवाल र टोपी लगाउन निषेध गर्ने निर्णय गरेका थिए ।

दाउरा सुरुवाल र टोपीलाई राष्ट्रिय पाेसाक मान्नु हुन्छ कि हुदैन भन्ने ऋषी धमलाकाे प्रश्नकाे जवाफमा नेता राउतले पत्रकार धमलालाई भने ‘बीरगञ्जकाे गल्लीमा दाउरा सुरुवाल लगाएर हिडनु होस अनि परिणाम थाहा पाउनु हुन्छ’ भन्ने चुनौती दिए ।

नेता राउतले मधेस फरक राष्ट्र भएको बताउँदै अोली, देउवा वा प्रचण्डले लगाउने पोसाकलार्इ राष्ट्रिय पोशाक मान्न नसकिने बताए । कार्यक्रममा नेकपा एमालेका नेता लालबावु पण्डितले सरकार गठन पछि मात्र एमाले र माअाेवादीबीच पार्टी एकता हुने बताए । पण्डितले अब बन्ने बाम सरकारमा मधेश केन्द्रित दलहरुलाई पनि समेटन काेशीस भइरहेकाे बताए ।

 

shares