September 23, 2017

इराकको मोसुल सहर छिट्टै आइएसको कब्जाबाट मुक्त गरिने इराकी सेनाकाे दाबी

काठमाण्डौ, २८ वैशाख । इस्लामिक स्टेटले कब्जामा लिएको उत्तरी इराकको मुख्य सहर ‘मोसुल’ इराकी सुरक्षा बलले छिट्टै फिर्ता लिने इराकी सेनाका एक प्रमुखले बताएका छन् ।

लेफ्टिनेन्ट जनरल ओथमान अल–घनिमीले बिबिसिलाई भने, ‘हामीलाई के आशा छ भने मे २६ मा इस्लामहरुको महान् पर्व रमजानभन्दा अघि नै उक्त सहर आइएसको कब्जाबाट मुक्त गर्नैछौं ।’

उक्त लडाईको कारण ८ हजारभन्दा बढि नागरिक मरेको वा घाइते भएको संयुक्त राष्ट्रसंघले बताएको छ । तर यो संख्या अस्पतालसम्म पहुँच भएका व्यक्तिहरुको मात्र हो ।

६ लाख २० हजारभन्दा बढि नागरिकहरु आफ्नो बासस्थान छोड्न बाध्य भएको र ती मध्ये ४ लाख १४ हजार जनसंख्या पश्चिमी मोसुलको रहेको इराकको आधिकारिक निकायले बताएको छ ।