Breaking News

ओमानसंग नेपाल ६ विकेटले पराजित

काठमाण्डौ,२६ माघ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल ओमानसंग ६ विकेटले पराजित भएको छ ।

नामिबियाकाे राजधानी इण्डाेक एफेज पार्क खेलमैदानमा अाेमानले टस जितेर फिल्डिंग राेजेपछि ब्याटिंगमा अाएकाे नेपालले प्रस्तुत गरेको १ सय ३९ रनको लक्ष्य ओमानले १४.५ बाँकी छदा ४ विकेट गुमाएर पार भेट्टाएकाे हाे । ओमानका लागि अकिव इल्यासले सर्वाधिक ४६ रनको योगदान गरे । यस्तै बैभव वाटेगावङकरले नटआउट ३७ रन र सुल्तान अहमेदले नटआउट १६ रनको योगदान गरे ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले २ विकेट लिए। उनले १० ओभरमा २९ रन दिए । बसन्त रेग्मी र सोमपाल कामी १–१ विकेट हात पारे । सोमपालले ओपनिङ ब्याट्सम्यान स्वपनिल खाडयेलाई १ रनमा एलबिडब्लूको धरापमा पारे । सन्दीपले जितेन्दर सिंहलाई २४ रन बनाएर खेलिरहदा बोल्ड गरे ।

बसन्तले ४६ रन बनाएर खेलिरहेका अकिस इलयासलाई ४६ रनमा बोल्ड गरेका थिए। लगत्तै सन्दीपले खवार अलीलाई ११ रनमा बोल्ड गरेका थिए । यसअघि नेपालले पहिलो खेलमा आयोजक नामिबियालाई १ विकेटले पराजित गरेको थियो । अब नेपालले आइतबार हुने तेस्रो खेलमा युएईसँग प्रतिस्पर्धा गर्नेछ ।

२०१९ को विश्वकपको छनोटको आधार रहेको डिभिजन २ मा ६ राष्ट्र सहभागि छन् । च्याम्पियनसिपमा शीर्ष चारमा पर्न नसकेका नेपाल, नामिबिया, केन्या र युएई सहित डिभिजन ३ बाट शीर्ष दुई बनेर आएका ओमान र क्यानाडाले नामिबियामा प्रतिस्पर्धा गर्नेछन् । डिभिजन २ का शीर्ष दुई टोली मार्चमा जिम्बावेमा हुने विश्वकप छनोटमा पुग्ने छन् ।

shares