October 24, 2017

निर्वाचनका लागि प्रदेश नम्बर ६ को सुरक्षा तयारी पूरा

रमेश कुमार पाण्डे / सुर्खेत, २८ वैशाख । स्थानीय तहकाे निर्वाचनका लागि प्रदेश नम्बर ६ को सुरक्षा व्यवस्थाकाे सम्पूर्ण तयारी भएको छ ।

प्रदेश नम्बर ६ का ७९ वटा स्थानीय तहमा ८ सय ९५ मतदान स्थानको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी र अनुसन्धानका कर्मचारीहरु परिचालित भएका छन् । निर्वाचनलाई लक्षित गर्दै प्रदेश नम्बर ६ मा १६ हजार सात सय बढि सुरक्षाकर्मी परिचालन गरिएको क्षेत्रीय सुरक्षा समिति सुर्खेतले जनाएको छ ।

चौथो सुरक्षा घेरामा प्रदेश नं. ६ मा नेपाली सेना परिचालन गर्ने जनाएको छ । तर क्षेत्रीय सुरक्षा समितिले परिचालित हुने सेनाको संख्याबारे जानकारी नभएको बतााएको छ ।

प्रदेश नं. ६ का १० जिल्लाका २५ नगरपालिका, ५४ वटा गाउँपालिकामा ८ सय ९५ मतदान स्थान रहेका छन् । यी मध्ये सुरक्षाका दृष्टिले २ सय ४६ अति  संवेदनशील र ३ सय ३० मतदानस्थल सामान्य भएको क्षेत्रीय सुरक्षा समितिले जनाएको छ ।