Breaking News

अाेमानसामु नेपालकाे १३९ रनकाे लक्ष प्रस्तुत

काठमाण्डाै, २६ माघ । अार्इसीसी विश्व क्रिकेट लिग डिभिजन २ जारी खेलमा नेपालले अाेमानलार्इ १३९ रनकाे चुनाैती दिएकाे छ ।

नामिबियाकाे राजधानी इण्डाेक एफेज पार्क खेलमैदानमा अाेमानले टस जितेर फिल्डिंग राेजेपछि ब्याटिंगमा अाएकाे नेपाल ४६ अाेभरमा १३८ रन बनाउँदै अलअाउट भएकाे हाे ।

ब्याट्सम्यानद्वय ज्ञानेन्द्र मल्ल र दिलिप नाथले अाेपनिंग पारी सम्हालेका  थिए । ज्ञानेन्द्र मल्लले ४९ बलमा १९ रन बनाए भने दिलिप नाथले १७ बलमा  ७ रन जाेडे ।

त्यस्तै कप्तान पारस खड्का ४२ बलमा १७, अारिफ सेख २० मा ६, शरद भेषवाकर ३९ मा २२, दिपेन्द्र एेरी ३२ मा २०, बसन्त रेग्मी ६ मा १, राेहित पाैडेल ४२ मा १४,  करण ४ मा ४, तथा संदिप पहिलाे बलमै पेभिलियन फर्किए र साेमपाल कामी २५ बलमा १७ रन बनाउँदै अविजित रहे ।

shares