August 24, 2017

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले गरिन् राजदूत नियुक्ति

काठमाण्डौ, २८ वैशाख । राष्ट्रपति विद्या देवी भण्डारीले गैरआवासीय नेपाली राजदूत र डेनमार्कका लागि नेपाली राजदूत पदमा दुई जनालाई नियुक्ति गरेकी छिन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा गैरआवासीय नेपाली राजदूतको पदमा रमेश प्रसाद खनाललाई नियुक्त गरिएको हो । खनाल जर्मनीका लागि नेपाली राजदूतको पदमा कार्यरत छन् ।

त्यस्तै डेनमार्कका लागि नेपाली राजदूतको पदमा युवनाथ लम्साललाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयले प्रेस विज्ञप्तिमा जनाएको छ ।