Breaking News

अमेरिकामा फेरि सरकारी कामकाज ठप्प

वासिंगटन, २६ माघ । अमेरिकामा शुक्रबार सरकारी कामकाज एकपटक फेरि ठप्प भएकाे छ ।

विधानसभाले सरकार चलाउन समयमा बजेट पास नगरेकाे कारण अमेरिकामा फेरि कामकाज राेक्नु परेकाे हाे । विधायकहरूले मध्यरातीसम्ममा अस्थायी संघीय बजेटकाे म्याद नसकिंदै नयाँ बजेट पास हुने अाशा गरेका भएपनि साे हुन नसकेपछि यस्ताे संकट देखिएकाे हाे ।

यसै वर्ष जनवरीकाे सुरुवातमा तीन दिनसम्म अमेरिकामा सरकारी कामकाज ठप्प भएकाे थियाे । कामकाजलार्इ सुचारु गर्न अमेरिकाकाे दुवै सदनले अस्थायी बजेट पास गरेकाे थियाे । अमेरिकाकाे बजेट १ अक्टाेबरभन्दा पहिले नै पारित भइसक्नु पर्ने हुन्छ । यसै दिनबाट त्यहाँकाे अार्थिक वर्षकाे सुरुवात हुन्छ ।

आवास, पर्यावरण, शिक्षा एवं वाणिज्य अादि विभागमा कार्यरत कर्मचारीहरू साेमबार कार्यालय नजाने भएका छन् । त्यस्तै, काेष, स्वास्थ्य, रक्षा तथा यातायात विभागका अाधा कर्मचारी काममा जान नसक्ने अवस्था देखिएकाे छ ।

तर राष्ट्रिय सुरक्षा, हुलाक, हवाइ यातायात जस्ता जीवनका लागि जरूरी सेवा र स्वास्थ्य, विद्युत, कर अादि सेवासँग सम्बन्धित कामकाज भने जारी रहने जनाइएकाे छ ।

पुन: सरकारी कामकाजलार्इ सुचारु गर्न दुवै सदन सिनेट र हाउस अफ रिप्रेजेन्टेटिव्सबाट दुर्इ वर्षकाे लागि नयाँ विधेयक पास गर्नु अत्यावश्यक देखिएकाे छ ।

shares