झापामा ५ केजी चरेश सहित एक व्यक्ति पक्राउ

पंकज शर्मा / झापा, २८ वैशाख । आज बिहान झापाको विर्तामोडबाट ५ केजी चरेशसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ जिल्ला गजुरी– ४ घर भई काठमाण्डौस्थित बालाजुमा डेरा गरी बस्ने सिंहबहादुर लामा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता हरिप्रसाद शर्माले बताए । लामालाई र्इलाका प्रहरी कार्यालय काँकडभिट्टाको लागू औषध नियन्त्रण ब्यूरोको टोली, विर्तामोड र्इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले बिर्तामोडस्थित पश्चिम बसपार्कबाट चरेशसहित पक्राउ गरेको हो ।

पक्राउ गरिएका लामालाई जिल्ला प्रहरी कार्यालय झापामा लागूऔषध नियन्त्रण ऐन सम्बन्धी मुद्दा दर्ता गरी कारबाही अघि बढाइएको प्रवक्ता शर्माले बताए ।