Breaking News

तामाङ चलचित्र ‘घ्रान’काे गीत सार्वजनिक

काठमाडौ, २५ माघ । मोक्तान फिल्म्स् प्रालिको प्रस्तुतिमा निर्माण गरिएको तामाङ चलचित्र ‘घ्रान’ (कसम) मा समाहित गीत सार्वजनिक गरिएको छ ।

रिपोर्टर्स क्लब नेपालमा मोक्तान फिल्म्स प्रालिले पत्रकार सम्मेलन गरेर ‘सारी आरे मुरी आरे ह्यांला राङ्बा माया’ बोलको गीत सार्वजनिक गरेको हो । तामाङ समुदायाको संस्कृति र सामाजिक जीवनयापनका कथाहरूमा आधारित रहेर निर्माण गरिएको उक्त चलचित्र ओखलढुङ्गाको विभिन्न स्थानमा छायांकन गरिएको निर्माण पक्षले जनाएको छ ।

कुमार स्याङ्बोको शब्द, निमा दोङको संगीत तथा निर्मला घिसिङ र निमा दोङको स्वर रहेको गीत सार्वजनिक गरिएको हो । चलचित्र बुद्ध जयन्तीकाे अवसर पारेर प्रदर्शन गरिने मोक्तान फिल्मस् प्रा.लीका अध्यक्ष सुकुमाया मोक्तानले बताइन् ।

चलचित्रमा नायक सागर घिसिङ, शम्भु घिसिङ, राम घिसिङ रहेका छन् भने नायिकातर्फ सुकुमाया मोक्तान, सुष्मा मोक्तान, सुनिता तामाङ् रहेका छन् । मुख्य अभिनेतामा विकास तामाङ देखिँदैछन् । उक्त चलचित्र जम्मा २५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको निर्माण पक्षको दाबी छ ।

shares